arrow

दक्षिण एसियामै कोभिड विरुद्धको खोप लगाउनेमा भारतपछिको देश नेपाल हो : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
kp-oli111-1619858602.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएकाले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताएका छन् ।

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै उनल कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस र महामारीबाट ज्यान गुमाउन नपरोस भन्नेमा सरकार संवेदनशील रहेको र सरकारका सवै संयन्त्र परिचालन गरेको जानकारी दिए ।

उनले जारी निषेधाज्ञा थप कडाइ गर्न लागिएकाले २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि वाह्य उडान बन्द गर्ने सरकारले निर्णय गरेको पनि बताए ।

उनले कोभिड–१९ विरुद्धको खोप लगाउनेमा दक्षिण एसियामै भारतपछि नेपाल रहेको दाबी गर्दै २१ लाखलाई पहिलो खोप लगाइसकिएको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ