arrow

वीरको नयाँ भवन र त्रिचन्द्र मिलिटरी अस्पताललाई कोभिड अस्पताल बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
bir-new.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित भवन र महाबौद्धमा रहेको नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताललाई कोभिड अस्पताल बनाइने बताएका छन् ।

देशवासीका नाममामा केहीबेरअघि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र त्रिचन्द्र मिलिटरी अस्पताललाई कोभिड अस्पताल बनाइने घोषणा गरेका हुन् । वीर अस्पतालको नयाँ भवनमा ५०१ बेड क्षमता छ भने सेनाको त्रिचन्द्र मिलिटरी अस्पतालमा ८८ बेड क्षमता छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले सातै प्रदेश र प्रदेश र राजधानीमा एक हजार शैय्याको अस्थायी अस्पताल बनाउने घोषणा गरेका हुन् । सो जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन् ।

उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै सरकारले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरेकोसमेत बताए ।

यसैगरी काठमाडौं उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई पनि कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन् । 

प्रदेश सरकारलाई पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पताल र साना अस्पताललाई ननकोभिड अस्पतालका रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ