arrow

२४ घण्टामा थपिए ७ हजार भन्दा बढी सङ्क्रमित, ३७ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
corona-virus-infected.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसँगै हालसम्म कुल सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।

पछिल्लो २४ घण्टामा  २० सय २१ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै कुल सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ८६ हजार १५ पुगेको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४ हजार ४१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतक सङ्ख्या ३ हजार ३ सय ६२ पुगेको छ।

काठमाडौँ २ हजार ९ सय २२ जना सङ्क्रमित थपिएका छन्। त्यस्तै ललितपुरमा ५ सय २२ र भक्तपुरमा २ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

हाल ५ सय ७८ जनाको आइसियुमा उपचार भइरहेको छ भने, १ सय ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ