arrow

नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
sapath-1620048815.jpg

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ दिलाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई आजै शपथ गराइन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उपस्थित थियो।

शेरचन र त्रिपाठी यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए। माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन्।

नवनियुक्त यादव राप्रपा नेपालबाट समानुपातिक सांसद बनेर २०७२ सालमा उपसभामुख भएका थिए। उनी २०७४ सालका चुनाव अगाडि राप्रपा छोडेर एमालेमा प्रवेश गरेका थिए।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ