- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा सोमवार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा एक हजार ३३० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना महिला र ३३० जना पुरुषमा पोजेटिभ देखिएको छ ।
थपिएका संक्रमितमा मोरङमा २८२ मध्ये विराटनगरमा २२६ जना जसमा ९७ जना महिला छन् भने झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा आठ, इलाममा सात, सङ्खुवासभामा छ, खोटाङमा तीन, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक-एक र प्रदेश बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा अहिलेसम्ममा संक्रमितको सङ्ख्या ३३ हजार ९४१ पुगेको छ भने निको भएर घरफर्किएकाको सङ्ख्या ३० हजार ७९ छ । अझै सक्रिय संक्रमित तीन हजार ३५७ छन् ।