arrow

ब्रत बस्नु ‘धर्म’ र ‘स्वाङ’ होइन शरीर स्वस्थ राख्ने राम्रो तरिका हो : डा.अरुणा उप्रेती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
arunaa.jpg

काठमाडौं । बरिष्ठ जनस्वास्थ्य चिकित्सक अरुणा उप्रेतीले उपवास(ब्रत) बस्ने प्रचलनले स्वास्थ्यमा फाइदा पुग्ने गरेको कुरा प्रमाणीत भएको औंल्याएकी छन् ।

उप्रेतीले सामाजिक संजालमार्फत पहिला ‘उपवास’लाई धर्मसँग मात्र सम्बन्धित मान्ने र स्वाङ भन्ने गरिन्थ्यो । तर अहिले वैज्ञानिक अध्ययनले शरीर स्वस्थ राख्न राम्रो तरिका भन्ने प्रमाणित भएको जनाएकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छन्, ‘इन्टरमिट्टेन्ट फास्टिङ' अर्थात २४ घण्टामा ८ घण्टाभित्र खाने १६ घण्टा नखाने चलनबाट हुने फाइदाबारे अध्ययन गरेर प्रमाणित भएको छ । उपवासले स्वास्थ्यमा पर्ने अध्ययन गरेका वैज्ञानिकले सन् २०१६ को नोवल पुरस्कार नै पाए ।’

त्यस्तै उनले अगाडी लेखेकी छन् ‘कतिपय भिक्षुहरुले परम्परागतरुपमै इन्टरमिट्टेन्ट फास्टिङ गर्ने गरेका छन् । यस्तो उपवासले शरीरको तौल घट्ने मात्र होइन, कतिपय रोगहरु पनि निको हुन मद्दत गर्छ । मोटो र युरिक एसिड भएको मानिसले हप्ताको एक दिन पानी मात्र खाएर उपवास बस्ने गर्दा रोग र तौल दुवै घटेको पाइएको छ ।

मानसिक तनाव भएका बेला खाना खाएमा पाचन राम्रो हुँदैन, पेट गडबडी हुन्छ । स्वस्थ वातावरणमा खुशी भएर पकाएको खानाले सकारात्मक इनर्जी दिन्छ भने रिसाएर पकाएको खानाले नकारात्मक इनर्जी दिन्छ । त्यसैले स्वस्थ वातावरणमा आनन्दित मनले घरमै पकाएको ताजा एवं सन्तुलित खाना खाएर नियमित व्यायाम गरौं अनि जीवनलाई स्वस्थ र आनन्दमय बनाऔं, खान नजानेर रोगी बन्नु त साह्रै नराम्रो होइन र ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ