- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । नेपालगन्जमा रहेका दुई वटा कोरोना आइसोलेसनमा अहिले कोरोना संक्रमितहरुको उपचार गरिँदै आएको छ। नेपालगन्ज उपमहानगरपालिकाद्वारा सन्चालन गरिएको नेपालगन्ज आइसोलेसन सेन्टरमा ३ जना महिला र ६ जना पुरुष गरी ९ तथा नेपालगन्ज वडा नम्बर ४ ले शुरु गरेको गरेको अक्सिजन सहितको कोभिड आइसोलेसन सेन्टरमा ४ महिला र २ पुरुष गरी ६ जना बिरामीहरु उपचार गरिँदै छ।
अस्पतालहरुमा बेडको अभावका कारण बनाइएका दुई वटै अक्सिजनसहितका आइसोलेसनहरुमा अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितहरुलाई मात्र भर्ना गरिएको नेपालगन्जका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । बस्नेतका अनुसार नेपालगन्जमा रहेका दुई वटा आइसोलेसनले संक्रमित बिरामीलाई धेरै राहत दिएको छ।
उता नेपालगन्ज ४ मा रहेको आइसोलेसनमा २ जना चिकित्सक,५ जना नर्स लगायतका स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितहरुलाई उपचार गरिरहेका छन् भने नेपालगन्ज आइसोलेसन सेन्टरमा बिरामीहरुको चाप बढेपछि त्यहाँका स्वास्थ्यकर्मीहरुलाई पानी पिउनसमेत नमिलेको अवस्था छ ।
नेपालगन्ज ४ का वडा अध्यक्ष मो. सफिक बेहना आफू बिरामी परेर आराम गरिरहेको अवस्थामा भर्ना भएका संक्रमितहरुको बारेमा दिनरात निगरानी गरिरहेका छन् ।
आफू त्यहाँ पुग्न नसके पनि सिसीटिभी हेर्दै अध्यक्ष बेहनाले बिरामीहरुका बारेमा आइसोलेसनमा रहेका स्वास्थ्यकर्मीहरुसँग परामर्श गरिरहेका छन् ।
अध्यक्ष बेहनाले आफ्नो आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोबल उच्च राखी संक्रमित बिरामीहरुको उपचार गर्न अनुरोध गरेका छन् ।