arrow

केएमसीसहित तीन ठूला अस्पतालमा कोरोनाको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
free hospital.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढिरहेका बेला देशका केही ठूला नीजि अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेका छन् ।

काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज९केएमसी०ले पहिलो पटक आइतबारदेखि निःशुल्क उपचार शुरु गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरी आफूहरुले संक्रमितहरुको निःशुल्क उपचार शुरु गरेको अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।

‘मन्त्रालय र केएमसीबीच केही शर्तहरु राखेर संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता भएको छ, अध्यक्ष डा.शर्माले हाम्राकुरासँग भने,‘सबै खर्च मन्त्रालयले ब्यवहोर्ने भएपनि त्यो खर्च पर्याप्त होइन त्यसमा अस्पतालले केही ब्यहोर्ने छ तर उपचार निःशुल्क हुनेछ ।’

केएमसीलगायत डा.शर्माद्धारा संचालित विराटनगरस्थित नोबेल मेडिकल कलेज, काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल अस्पतालमा बुधवार(भोली)देखि कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाइने अध्यक्ष डा.शर्माले जानकारी दिए । उनले भने,‘केएमसी जस्तै नोबेल र पिपल्सको पनि मन्त्रालयसँग सम्झौता भइसकेको छ ।’

नेपालमा कोरोना भाइरसको महामारी शुरु भएयता गतबर्ष डा.शर्माकै अगुवाइमा केएमसीमा पीसीआर परिक्षणमा पनि विशेष सहुलियतको व्यवस्था मिलाइएको थियो ।

कोरोनाको उपचारका क्रममा अलग कोठा सहितको विशेष सुविधा लिन चाहनेहरूका लागि भने अस्पतालको नियमानुसार शुल्क लिएर उपचार गर्ने अस्पताल प्रशासनले जनाएको छ । यसका लागि केएमसीमा अलग ११ कोठा व्यवस्था गरिएको शर्माले जानकारी दिए ।

केही दिनअघि मात्र पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्न सुझाव दिएका थिए ।

थापाले कोरोनाको तीव्र सङ्क्रमणसँगै बिरामीले अस्पतालमा सामान्य शैया समेत पाउन मुस्किल भइसकेकाले निजी मेडिकल कलेज र निजी अस्पतालसँग सम्झौता गरी कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न विलम्ब नगर्न सुझाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ