arrow

पदमुक्त गर्नुभएकोमा धन्यवाद, अधिकारवीहिन खुला जेलबाट मुक्त भएँ : अमिक शेरचन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
amik serchan.jpg

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले पदमुक्त भएकोमा खुशी व्यक्त गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलनमार्फत एक प्रेस वक्तब्य सार्वजनिक गर्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिप्रति खुशी ब्यक्त गर्दै अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएकोमा धन्यवाद दिएका छन् ।

उनले वक्तब्यमा भनेका छन्–‘पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओलीजी को प्रस्ताव मैंंले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो । अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएकोमा पनि धन्यवाद ।’

वक्तब्यमा उनले आफूलाई पार्टी अध्यक्ष र राष्ट्रपति बन्न प्रस्ताव आएपनि अस्विकार गरेको जनाउदै पदका लागि कुनै प्रकारको वार्गेनिङ नगर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘म पदको लागि राजनीति गरेको व्यक्ती होइन । पूर्वराष्ट्रपती डा.रामवरण यादवको कार्यकाल समाप्तीपछि राष्ट्रपतीको लागी मलाई प्रस्ताव आयो । मैंले अस्विकार  गरे । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनी ठाडै इन्कार गरेको व्यक्ती हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल ,क.यज्ञदेव आले ,क.निर्मल आले र क.मोहन विक्रम सिहं जस्ता शिर्षस्त नेताहरुको निकटमा रहेर सक्रीय राजनीतिक संर्घषमा आफ्नो जिवन समर्पीत गरें । पदका लागि कुनै प्रकारको वार्गेनिङ गरिन ।’

शेरचनले देश कोभिडबाट आतंकित र अक्रान्त बनेको, दैनिक मृत्युदर बढीरहेको अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउधनको रक्षा गर्नुपर्ने अहम बेलामा फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाएकोमा चिन्ता ब्यक्त गरेका छन् ।

प्रेस वक्तव्य
आदरणिय पत्रकार साथीहरु 

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यस बिचमा मलाई साथी सम्झेर माया गर्ने सबै प्रती आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ । यहाहरुप्रती आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओलीजी र पुन प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैंले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो । अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएकोमा पनि धन्यबाद ।

म पदको लागी राजनीति गरेको व्यक्ती होइन । पूर्व राष्ट्रपती डा.रामवरण यादवको कार्यकाल समाप्तीपछि राष्ट्रपतीको लागी मलाई प्रस्ताव आयो । मैंले अस्विकार  गरे । त्यस्तै ज्ञानेन्द्र कालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनी ठाडै इन्कार गरेको व्यक्ती हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल ,क.यज्ञदेव आले ,क.निर्मल आले र क.मोहन विक्रम सिहं जस्ता शिर्षस्त नेताहरुको निकटमा रहेर सक्रीय राजनीतिक संर्घषमा आफ्नो जिवन समर्पीत गरे । पदका लागि कुनै प्रकारको वार्गेनिङ गरिन ।

सन्त नेता क.मनमोहन अधिकारीको निधनपछी एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनी मैले स्वीकार गरिन । पद र सत्ताको लागी असंवैधानिक पद्वती र अपच्य दृष्यहरु थोर्पाने पद जोगाउने व्यक्ती म होईन । नत पदकै लागी वैचारिक आस्था बम्बैको कोठीमा विक्री गर्ने व्यक्ती हुँ । म माक्र्सवाद ,लेनीनबाद र माओ बिचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरीक हुँ । श्रमजीवि सर्वहराजीविको इमान्दार साथी हुँ र वर्ग सघर्षमा जिवन समर्पीत गर्ने योद्वा कार्यकर्ता पनी हुँ ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभीमान माथी बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र स्रमाज्य विरुद्वको संघर्षहरु पञ्चायत कालदेखी गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका सडयन्त्र र गद्धारी गरेको छैन । नत अर्बौं कमिशन र भ्रष्टचारमा डुवेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट वर्खास्त गरेको जिउंदो उदाहरण छ म सँग । भ्रष्टचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टचार शुन्यमा झार्छु भन्ने ध्वोंगी व्यक्ति पनि होइन म बरु बैदेशिक हस्तक्षेप सन्धी सम्झौता र भ्रष्टाचार विरुद्धका संघर्षहरुमा चार वर्षजति जेल याताना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ । संघर्षको दौरानमा तत्कालिन सरकारको तानासाही दमनबाट मेरो खुट्टा हात करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म वेहोस हुँदा पनि बैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्दन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ । 

आज देश कोभिडबाट आतंकित र अक्रान्त बनेको छ । दैनिक मृत्युदर बढीरहेको छ, यस्तो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएको छ । एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालिन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछी मैले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको थिए । कुनैपनी पार्टी विशेषको प्रभाव र छाँयामा काम गरिन् । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयतार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु । अन्तमाः लोकतन्त्र संघीयता धरापमा नपरोस यसका लागी पक्षधरताहरु बिचको सहकार्य र एकतामा अगी बढौँ मेरो हार्दीक अपील छ । 
-अमिक शेरचन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ