arrow

कोरोनाका बिरामीले उपचार नपाएपछि छटपटिएर मृत्यु

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
dea-1620116936.JPG

धनुषा । धनुषामा एक कोरोना संक्रमित बिरामीको उपचार अभाव भएपछि छटपटिएर मङ्गलवार मृत्यु भएको छ । पाँचदिनदेखि रुघाखोकी ज्वरो लागेका बटेश्वर गाउँपालिका वडा नम्बर ४ ससुरालीमा बस्दै आएका का ४५ वर्षीय लोकबहादुर परियारको उपचारको अभावमा  छटपटिएर जनकपुरधाममा मृत्यु भएको हो ।

जनकपुरको प्रादेशिक अस्पतालमा लग्दा भर्ना नलिएपछि अन्य अस्पतालहरूमा पनि लिएर जाँदा भर्ना नगरेको पीडित परिवारको भनाइ छ । पहिला पैसा नै डिपोजिट गर्नुपर्ने भनेपछि बिरामीका आफन्तले पैसा नभएको भन्दै घर फर्किन भनेको र बजारकै आरपी मेडिकलमा राखेपछि त्यही मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए।

परियारलाई राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि जनकपुर लगिएको थियो । पहिले प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारको लागि पुग्दा बेड खाली नरहेको भन्दै फर्काइएको थियो । त्यहाँबाट जनकपुरको अन्य केही हस्पिटलहरूमा लगिएको थियो तर कतै भर्ना नलिएपछि बाध्य भएर घर फर्किएपछि बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा मृत्यु भएको पीडित परिवारजनले गुनासो पोखे । परियारलाई अक्सिजनकै अभावमा मृत्यु भएको एम्बुलेन्स चालक महतोले जानकारी दिए ।

एम्बुलेन्समा अक्सिजन लगाइदिएर जनकपुर लगेका थियौँ । प्रादेशिक अस्पतालमा बेड छैन भनेर फर्काएपछि केही निजी अस्पतालमा पनि लिएर गयौँ । कसैले भर्ना गरेन । उनका आफन्तले घर नै फर्किन भन्यो’ एम्बुलेन्स चालकले भने ‘फर्केपछि आरपी मेडिकल हालमा राखिदिन भन्यो । राखिएँ । म अर्को बिरामी लिएर काठमाडौँ हिँडे । बिहान उनको मृत्यु भएको खबर थाहा पाएँ ।’

यता, मृतकको शव अहिले आरपी मेडिकलको बाहिरै रहेको छ । मृतकका आफन्त समेत शव छाडेर घर गएका छन् । आफन्त समेत छाडेर गएपछि अहिले बेवारिसे अवस्थामा शव त्यही रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ