arrow

स्वास्थ्य संकटकाल लगाउनेबारे स्वास्थ्य मन्त्रालयमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
health-ministry.jpeg

काठमाडौं । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकाल लगाउने बिषयमा छलफल अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार स्वास्थ्य संकटकाल लगाउने बिषयमा छलफल भएको बताएका हुन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको छ । यस्तो अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाहरुमा समेत संक्रमित र गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै गएको छ । 

संक्रमणको दर रोक्नका लागि निषेधाज्ञा जारी भएको अवस्थामा सरकारले आवश्यक परे स्वास्थ्य संकटकाल लागु गर्नेबारेमा समेत छलफल गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले स्वास्थ्य संकटकाल लगाउने बिषयमा छलफल भएको तर निश्कर्षमा नपुगेको बताए ।  ‘छलफल भएको हो, निश्कर्षमा भने पुगिएको छैन’ उनले भने ।

कोभिड१९ संक्रमितको उपचारका लागि हाल प्राइभेट अस्पतालसँग पनि सम्झौता भएर उपचार भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ