- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यही बैशाख २७ गतेका लागि बोलाइएको संसद्को विशेष अधिवेशनका लागि सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । संघीय संसद् सचिवालयद्वारा सूचना अनुसार बुधवार र बिहीवारका दिन सांसदहरुको कोरोना परीक्षण गरिने छ ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि बेलुका ५ बजेसम्म स्वाब संकलन गरिने सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको विशेष अधिवेशनअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विशेष अधिवेशन आब्हान गरेकी हुन् ।