arrow

स्वास्थ्य सङ्कटबाट बचाउन बुटवलमा अक्सिजन बैङ्क !

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
oxigen-bank.JPG

रुपन्देही । दिनप्रति दिन नयाँ भेरियन्टको कोरोना भाइरसले रुपन्देहीका नागरिकको स्वास्थ्य अवस्था जटिल बन्दै गएका वेला कतिपयले अक्सिजन समेत नपाएको बेहाल अवस्थामा बुटवल उप-महानगरपालिकाले भने मङ्गलवार  (आज) अक्सिजन बैङ्क सुरु गरेको छ । 

उपमहानगर भित्र होम आइसोलेसन, होटेल आइसोलेसन र उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड सङ्क्रमितहरूलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मी सहितको टोलीले अक्सिजन पुर्‍याउने गरी अक्सिजन बैङ्क खोलिएको बुटवल उप-महानगरपालिकाका प्रेस संयोजक अमृत गिरीले जनाएका छन् ।  

अव बुटवलमा अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । उक्त अक्सिजन बैङ्कको सेवा शुभारम्भ नगर प्रमुख शिवराज सुवेदीले गरेका हुन् । 

सो अवसरमा उप-महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखा प्रमुख मित्र मणि खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरू एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहरा र सुरज भट्टराई लगायतले प्रभावकारी सेवा प्रवाहको अपेक्षा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ