arrow

संक्रमित स्वास्थ्यकर्मी नै उपचारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
covid-test-corona.jpg

धादिङ । जिल्लामा कोरोना संक्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी  बिरामीको उपचारमा सम्लग्न  छिन् ।  

धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर  पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स– रे  गर्ने काम गरिरहेकी छिन्  । 

उनले भनिन्, “बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ ।  कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ । ”
             
उनी यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहेकी छन् । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ