arrow

पूर्वरानीको स्वास्थ्यमा सुधार, राजाको सामान्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
xking-gyanendra-komal_1617670243.jpg

काठमाडौं ।  पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ ।  नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत उनको स्वास्थ्यमा सुधार भइरहेको हो । 

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई सङ्क्रमण भएको थियो । 

साथै नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको पनि स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ ।  बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख  छ । उनी कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए । 

प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी शाहको अवस्थामा आएको छ  ।   गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उहाँको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ