- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले ६ जेठमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा माओवादी केन्द्रसँग अलाइन्स(गठबन्धन) गर्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार सम्पन्न पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेस-माओवादी अलाइन्स गर्ने निर्णय गरेको हो ।
राष्ट्रियसभामा खाली भएका दुई सिटमा एक/एक सिट लिने गरी गठबन्धन गर्ने निर्णय भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रियसभामा बागमती प्रदेशमा एक सिट रिक्त छ भने लुम्बिनी प्रदेशमा पनि एक सिट रिक्त छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अन्य विपक्षी दलहरुलाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेको छ । प्रधामन्त्री ओलीले २७ बैशाखमा प्रतिनिधि सभामा विश्वासको मत लिने तय भइसकेको छ ।
बैठकले पार्टीको १४औं महाधिवेशनका लागि सदस्यता छानबिनसहितका आन्तरिक गतिविधि अघि बढाउनेसमेत निर्णय गरेको छ ।