arrow

सेनामा कोरोनाः पाँच हजार ३१८ संक्रमित भएकामा पाँच हजार २०१ लाई निको, तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । नेपाली सेनाका तीन जनशक्तिको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।

सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ । नेपालमा हालसम्म तीन लाख ५१ हजार पाँच कोभिड–१९ बाट सङ्क्रमित भएकामा दुई लाख ८७ हजार ७९० निको भएको सिसीएमसीबाट थाहा भएको छ । 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार ७९८ छ भने तीन हजार ४१७ जनाको निधन भइसकेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै पनि कोरोनाका सात हजार ५८७ नयाँ सङ्क्रमित थपिएको, एक हजार ७७५ निको भएको तथा ५५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ