arrow

वीर र ट्रमा छानबिन समितिलाई स्वास्थ्य मन्त्रालयको ताकेता, पटक पटक गुजार्‍यो समय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
NAMS-bir-hospital.jpg

काठमाडौं । वीर अस्पताल र ट्रमा सेन्टरमा भएको अनियमितताको तत्काल छानबिन गर्न छानबिन समितिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताकेता गरेको छ । वीर र ट्रमा सेन्टरमा अनियमितता भएको भन्दै वीर अस्पताल स्वास्थ्य कर्मचारी संघले गत वर्षको फागुन ३ गते उजुरी दिएकामा प्रधानमन्त्री कार्यालयले तत्काल छानबिन गर्न स्वाथ्य मन्त्रालयलाई निर्देशन दिएपछि फागुन १३ गते छानबिन समिति बनेको थियो । 

समितिलाई १५ दिनको समय दिइएको भए पनि अहिलेसम्म समितिले छानबिन गरी प्रतिवेदन बुझाएको छैन । वीर अस्पताल तथा ट्रमा सेन्टरमा  कर्मचारी भर्ना, उपकरण खरिद, उपकरण मर्मत, समायोजन हुन नक्कली बिरामी भएको मेडिकल बोर्ड सिफारिश बनाएको, आफू निकटसँग कोटेशनमा सामान खरिदमा अनियमितता भएको, दुवाकोट परियोजना र सर्जिकल भवन संचालनमा वाधा खडा गरेको र आफू निमित्त भीसी हुँदा न्याम्समा लिफ्ट जडान गर्दा अनियमितता गरेकाले रेक्टर डा सुवोध अधिकारीको सम्पत्ति छानबिन गर्ने  र सर्तकता केन्द्रको छानविन प्रतिवेदनअनुसार दोषीलाई कारबाही र  छानबिन गर्न कर्मचारी संघले प्रधानमन्त्री कार्यालय, अक्तियार, सर्तकता र स्वास्थ्य मन्त्रालयमा उजुरी दिएको थियो । 

१५ दिनभित्र छानबिन गरी प्रतिवेदन दिने गरी मन्त्रालयकी प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशी संयोजक रहेको समिति गठन गरेको भए पनि समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन । 

कर्मचारी युनियनले यही बैशाख १६ गते पुनः प्रधानमन्त्री कार्यलय, अक्तियार, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, सतर्कता, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवलगायतमा पुनः उजुरी दिँदै छानबिन प्रतिवेदन बुझाउन नक्कली मेडिकल बोर्ड सिफारिश छानबिन गर्न माग गरेकोमा स्वास्थ्य मन्त्रालयले यही बैशाख १४ गते छानबिन समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन ताकेता पत्र काटेको थियो । 

त्यो समय पनि गुज्रिएको छ । समितिका एक सदस्यले भने छानबिनको लागि आवश्यक कागजात वीर अस्पताल खरिद एकाई र ट्रमा खरिद र डा सुवोधले उपलब्ध नगराएकाले प्रतिवेदन तयार गर्न नसकेको बताउँछन् । 

उनकाअनुसार वीर र ट्रमा खरिद एकाईले आफ्नो अनियमितता पर्दाफास हुने भएकाले आवश्यक कागजपत्र नदिएको उनी बताउँछन् । कर्मचारीले कोभिड भत्ता नदिएको, सेवा विस्तार भत्ता, औषधि खरिद खर्च, शैक्षिक भत्ता, कोरना बिमा नदिएको, अस्थायी करार, ज्यालादारी कर्मचारीलाई ३ महिनासम्म तलव नदिएको,  कोभिड भत्ता नदिएको तर कमिसनका लागि ब्यापारीलाई भटाभट रकम निकासा गरेको आरोप लागेको छ । 

गत वर्ष कोभिड कर्मचारी होटलमा राख्दा खरिद प्रमुख र कोभिडको समयमा डा. अधिकारीले भ्रष्टाचार गरेको हुँदा छानबिन गर्ने माग गर्दै हाल समयमै तलव भत्ता, कोभिड भत्ता, कर्मचारी बिमा, आवश्यक स्वास्थ्य सुरक्षा सामग्री, कर्मचारी बिरामी हुँदा उपचार र बेडको व्यवस्था तत्काल उपलब्ध गराउनसमेत माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ