arrow

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
samsad-1620197860.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाएको छ । प्रमुख सचेतक देव गुरुङले केही बेरअघि संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् । 

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादीतर्फबाट हाल संसदमा ४९ सांसद छन् ।

माओवादीको यो कदमसँगै वर्तमान केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रधामन्त्री ओलीले भने २७ गते संसदमा विश्वासको मत लिदैं छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ