arrow

पूर्व महान्यायाधिवक्ताको संक्रमणबाट निधन, परिषद् सचिवालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
apf-hospital-balambu.jpg


काठमाडौँ । पूर्व महान्यायाधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ । पूर्व महान्यायाधिवक्ता रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलवार निधन भएको थियो । 

न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ ।

परिषद्का सहसचिव मानबहादुर कार्कीले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै बुधवार परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ । 

विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

कानुनको क्षेत्रमा ५३ वर्ष योगदान दिएका निराला भद्र तथा निर्भीक थिए । नेपालको न्यायपालिकाको विकासमा उनको ठुलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ ।

जनकपुरमा विंस २००० मा जन्म भई काठमाडौँ कर्मथलो बनाएका  खड्का कानुन व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ