arrow

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,  संसद सचिवालयमा बुझाइयो पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
maoist-letter.JPG

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाएको छ । 
प्रमुख सचेतक देव गुरुङले केही बेरअघि संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् । 

माओवादी केन्द्रको मङ्गलवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादीतर्फबाट हाल संसद्मा ४९ सांसद छन् । 

माओवादीको यो कदमसँगै वर्तमान केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री ओलीले भने २७ गते संसद्मा विश्वासको मत लिदैं छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ