arrow

प्रधानमन्त्री ओलीलाई कांग्रेसको जवाफ : मत दिन्नौं, हिसाबकिताब संसद्मै

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २२ बुधबार
oli-deuba-meet.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग विश्वासको मत मागेका छन् । तर कांग्रेसले भने दिन नसकिने जवाफ दिएको छ । कांग्रेसले विपक्षी दलको धर्म निभाउँदै विपक्षमा नै उभिने जवाफ प्रधानमन्त्रीलाई दिएको हो । यस्तै अन्य दललाईसमेत विपक्षमा उभिन आग्रह गर्ने कांग्रेसले बताएको छ । 

प्रधानमन्त्री ओली एमाले नेताहरू सुवास नेम्बाङ, गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णु पौडेलसहितलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत माग्न भन्दै उनको निवास बुढानीलकण्ठ गएका थिए । 
तर आफूलाई भेट्न आएका प्रधानमन्त्री ओलीलाई देउवाले संसद्मा नै हिसाब किताब हुने भन्दै विपक्षमा नै मतदान गर्ने जवाफ दिएका हुन् । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले प्रधानमन्त्रीलाई मत दिन नसक्ने जवाफ दिएको जानकारी दिए । ‘हामीले प्रष्ट भन्यौं, मत दिन सक्दैनौं, जे हुन्छ संसद्मा हुन्छ, अन्य विपक्षीलाई पनि मत नदिन आग्रह गर्छौं,’ कांग्रेस सहमहामन्त्री महतले भने । 

उनले सत्ताधारी दलको क्रियाकलाप ठिक नभएको र सरकार पटक पटक गलत बाटोमा हिँडेको भन्दै कांग्रेसले सरकारलाई सचेत गराएकोसमेत बताए । 

भेटमा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्ण बहादुर खड्का सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ