arrow

ओली सत्ता ढाल्न उपेन्द्र यादवसँग रणनीति बनाउँदै प्रचण्ड-नेपाल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
nepal-prachanda.jpg
तस्बिर : फाइल

काठमाडौँ। जसरी भए पनि केपी ओली नेतृत्व सरकार ढाल्ने लाइनमा रहेका जनता समाजवादी पार्टीको उपेन्द्र यादवसँग माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालले छलफल गरेका छन् । यादवलाई भेट्न यादवको निवास हात्तिवनमा दाहाल र नेपाल पुगेका थिए । 

छलफलमा ओलीको विपक्षमा जसपाका बहुमत सांसद कसरी उभ्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ । जसपाको बाबुराम भट्टराई –उपेन्द्र यादव पक्षले ओली सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तर जसपाको अर्को पक्षले ओली सरकार विरोधी गठबन्धनमा सहभागी नहुने सहमति ओलीसँग गरेको छ । यसको नेतृत्व महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका छन् ।

दुवै पक्षले आफ्नो कित्तामा बहुमत जुटाउन लागेका छन् । यस क्रममा दुवै पक्षले आफू निकट सासहरूको हस्ताक्षर सङ्कलन गर्न समेत सुरु गरेका छन् । यादव निकट स्रोतका अनुसार दाहाल–नेपालसँगको छलफलमा यादवले जसपाका बहुमत सांसद ओली सरकारको विपक्षमा रहेको बताएका थिए । 

पूर्व राष्ट्रिय जनता पार्टीका दुई सांसद भट्टराई–यादव कित्तामा पुगेको यादव पक्षको दाबी छ । यादव कित्तामा पुगेका महेन्द्र यादवले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर समेत गरेका छन्। अर्का सांसदको विषयमा भने यादव पक्षले गोप्य राखेको छ । ओली सरकार ढाल्ने कि ओली सरकारको विपक्षमा नउभिने भन्ने विषयमा जसपा भित्रको विवाद अहिले उत्कर्षमा पुगेको छ । यस विषयमा विवाद भई पार्टी फुट्ने अवस्थामा पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ