arrow

ईश्वर पोखरेलले के फुके योगेशको कानमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
ISHWOR-POKHREL-YOGESH-BHATTRAI.jpg

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षका नेता योगेश कुमार भट्टराई बोलाएर भेटेका छन् । 

बुधवार दिउसो सिंहदरबारमा बोलाएर उनले डेढ घण्टा भेटेका हुन् । पार्टी विभाजनको डिलमा पुगेका बेला पोखरेलले भट्टराईलाई भेटेका हुन् । 

प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिनु अघि माधव नेपाल पक्षका २२ सांसदले राजीनामा दिने चर्चाकै बीचमा त्यस्तो कदम नचाल्न र एमाले नेतृत्वको सरकार टिकाउने भूमिका निर्वाह गर्न पोखरेलले भट्टराईलाई आग्रह गरेका थिए ।

पार्टीभित्र नेपाल पक्षले सामूहिक राजीनामा दिने बताएपछि ओली पक्षका नेताहरूले नेपाल पक्षका नेताहरूलाई बेग्ला बेग्लै भेटघाट गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ