arrow

कोरोना संक्रमितलाई चर्को शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
health_ministry_1617956882.JPG

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक वक्तव्य जारी गर्दै केही निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको भन्ने गुनासोहरु प्राप्त भइरहेको उल्लेख गर्दै त्यस्तो पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ।

‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस किसिमले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्नु नगराउनु हुन सचेत गराइन्छ।’

कुनै अस्पतालले तोकिएकोभन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खबर गर्न पनि सह-प्रवक्ता अधिकारीले जारी गरेको वक्तव्यमा भनिएको छ । मन्त्रालयले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्न सचेत गराएको छ।

कोरोना संक्रमितलाई विशिष्ट सुविधा प्रदान गर्ने वहानामा केही निजी अस्पतालले एउटा बिरामीबाट प्रतिदिन ३० हजार रुपैयाँसम्म अशुल गर्ने गरेको भन्दै विरोध भइरहेको छ।

यता, काठमाडौंका दुई ठूला निजी अस्पताललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौं स्पष्टीकरण सोधिएको जनाएको छ ।  संक्रमितसँग चर्को शुल्क लिएको गुनासो आएपछि प्रशासनले काठमाडौं मेडिकल कलेज(केएमसी) र ह्याम्स अस्पतालसँग स्पष्टीकरण सोधेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ