arrow

केएमसीको पीसीआर रिपोर्टलाई विदेश जाने प्रयोजनमा सरकारले दियो मान्यता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
kmc-kathmandu-medical-colle.JPG

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको ल्याबमा गरिएको पीसीआर परीक्षण रिपोर्टलाई विदेश जाने प्रयोजनका लागि सरकारले मान्यता दिने भएको छ । स्वास्थ्य मन्त्रालयमा बसेको आइसीएस बैठकले न्यूनतम १ सय बेड क्षमता भएका अस्पतालको पीसीआर ल्याबलाई विदेश जाने प्रयोजनको परीक्षण मान्यता दिने निर्णय गरेको छ । 

यो निर्णयसँगै केएमसीले पनि यसको मान्यता पाएको हो । बैंठकको निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षणको मान्यता प्रदान गरिएको भन्दै केएमसीलाई पत्र पठाएको अस्पताल अध्यक्ष डा.सुनिल शर्माले बताए ।

स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समिरकुमार अधिकारीले पठाएको पत्रमा विदेश जानेहरुको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन केएमसीलाई भनिएको छ । डा. शर्माकै लगानीमा सञ्चालित विराटनगरको नोबेल शिक्षण अस्पतालले पनि यो मान्यता पाएको छ ।

यसअघि विदेश जानका लागि सरकारी ल्याबहरुसहित देशभरका पाँच वटा निजी ल्याबको रिपोर्टलाई मात्र मान्यता दिइदै आएको थियो । 

सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार तोकेको छ । तर, केएमसीले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्दै आएको छ । केएमसीले पहिलेदेखि नै सरकारले तोकेको भन्दा न्यूनतम शुल्कमा पीसीआर परीक्षण गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ