arrow

विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा हुन्डाईको तीव्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
ioniq-kona-electric.jpg

काठमाडौं। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक भिएकल (ईभी) विद्युतीय गाडीको  क्षेत्रमा ठूलो कदम चालिरहेको जनाएको छ।

नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना र आयोन नामक दुई मोडलहरू छन् । बजारमा भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाई नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेको भन्दै लक्ष्मीले ईभीको पूर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने जनाएको हो।

दुई मोडेलहरु अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू भएको भन्दै अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको बताउँदै आफ्नो ईभी गाडीहरुको बिक्री बढ्नेमा विश्वस्त रहेको बताएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘विश्वभरीमात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरणबारे सचेत भएका छन् र उनीहरु वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन् । इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो ।’

सरकारको कदमले पनि आफूहरुलाई विद्युतीय सवारीमा केन्द्रीत हुन बल पुगेको भन्दै लक्ष्मीले भनेको छ, ‘सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आ.व. २०७८–७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतिय गाडीहरुको शुल्क पनि घटेको छ । यसकारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको छ ।’

लक्ष्मीले ती विद्युतीय सवारीको मूल्यबारे भनेको छ, ‘हाल हुन्डाई कोना–१०० किलोवाट ब्याट्रीको मूल्य रु. ५६.९६ लाख, कोना–१५० किलोवाट ब्याट्रीको मूल्य  रु. ७१.९६ लाख र आयोन–१०० किलोवाट ब्याट्रीको मूल्य रु. ५७.९६ लाख रहेको छ ।’

यी ब्याट्री चार्जका लागि विस्तार गरिएको चार्जिङ स्टेशनबारे लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भनेको छ, ‘आफ्नो ईभी बेच्नमा मात्र केन्द्रित नभै इभी गाडीहरुका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ । हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्टसहरूको स्थापना गरेको छ । यी चार्जिङ पोइन्टसहरूमा हुन्डाई गाडीका उपभोक्ताहरूलाई निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ । तथापि अन्य ब्राण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरू अनुसार फरक हुन सक्नेछ ।’

ईभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको जनाएको छ । 

लक्ष्मीका नेपालभरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डार्ई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ