arrow

हुन्डाई प्यालिसेड नेपाल भित्रियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
hyundai-car-SUV-palisade.jpg

काठमाडौँ। हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ। प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो।

कम्पनीका अनुसार यो कार छिट्टै नि रूपमा सार्वजनिक हुने बताइएको छ। उक्त कार कोरियामा उत्पादन भएर नेपाल आएको हो। नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजेल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०-२७५० आरपिम टर्क उत्पादन गर्नेछ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ। नेपाली बजारमा यो एसयूभीको सुरुवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ