arrow

हुन्डाई नेपालको ‘बीईभी द चेन्ज’ अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
hyundai-tree-plantation.jpg

काठमडौं । हुन्डाई नेपालले ‘बीईभी द चेन्ज’ अभियान अन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागीता रहेको थियो । 

कोना  र आयोनिक ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बुढानीलकण्ठसम्म लगिएको थियो । हुन्डाई नेपालको ‘बीईभी द चेन्ज’ हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको हो । 

बीईभी अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटीको पर्याय बनेको आजको समयमा ‘बीईभी द चेन्ज’ ले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

‘बीईभी द चेन्ज’ अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्ष रोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखिएको छ । त्यस्तै आगामी दिनमा पनि कम्पनीले ‘बीईभी द चेन्ज’ अन्तर्गत पर्यावरण दिगोपन सम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राखेको जानकारी दिएको छ ।  

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा गोल अफ द सेन्चुरी नामक विश्वव्यापी अभियान शुरु गरेको थियो । यस अभियानले फुटबलको विश्वव्यापी आकर्षणमार्फत फुटबलप्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ