arrow

हुन्डाईको नयाँ वर्ष २०७८ योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत १९ बिहिबार
hyundai-new-year-2078.jpg

काठमाडौँ। हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले आफ्नो नयाँ वर्ष योजना “यो नयाँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ” सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरूले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजार देखि ७८ हजारसम्मको अतिरिक्त
छुट, १५ हजार बराबरको लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बिमा सुविधा प्राप्त गर्ने जनाएको छ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरूमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरू तथा १७ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठुला अटो मोबाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ