arrow

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाइ फेस्टिभ डिलाइट २०७९'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
hyundai-festive-delight-2079.jpg

काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोवईल्सको आधिकारिक विक्रेताले आउँदै गरेको दसैँ-तिहार र छठलाई मध्यनजर गर्दै 'हुन्डाई फेस्टिभ डिलाइट २०७९' योजना ग्राहकहरू माझ ल्याएको छ। यो ग्राहकमुखी योजना यही भाद्र ३० गते देखि सुरु भएको कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले पाँच लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत थप एक लाख ५० हजार रुपैयाँ सम्मको नगद छुट पनि पाउन सक्नेछन्। साथै यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा पाउने छन्।

सबै हुन्डाई गाडीहरू ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ।

ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखी योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ