arrow

वर्ल्डलिंकले भित्र्यायो नेपालकै फास्ट इन्टरनेट, न्यूनतम स्पिड १५० एमबीपीएस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
world-likn-keshav-nepal.jpg

काठमाडौं । वर्ल्डलिंकले नेपालमै पहिलोपटक ६०० एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । यसमा नोकिया ३.० राउटरको प्रयोग हुन्छ। राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै वर्ल्डलिंकले इन्टरनेटको स्पिड अब कम्तीमा १५० एमबीपीएस रहने कम्पनीले घोषणा गरेको छ । कम्पनीका अनुसार अब उपभोक्ताले वार्षिक १४ हजार ४०० रुपैयाँमा १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् ।

यसैबीच सोही कार्यक्रममा आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहण गरी विश्व कीर्तिमान बनाएका निर्मल पुर्जालाई वर्ल्डलिंकको सद्भावना दूतमा नियुक्त भएको जानकारी दिइएको थियो । 

पूर्जाको हालै नेटफिलिक्समा रिलिज भएको डकुमेन्ट्री ‘फोर्टिन पिक्स नथिगं इज इम्पोसिबल’ ले विश्वभर चर्चा पाइरहेको छ । उनी पूर्व ब्रिटिश आर्मी हुन् । उनी यतिबेला अन्टार्कटिकामा रहेका छन् । 

अहिलेसम्म कसैले आरोहण गर्न नसकेको पाकिस्तानको केटु हिमालकोसमेत सफल आरोहण गर्न सफल पुर्जासँगको सहकार्य राम्रो हुने वर्ल्डलिंकका सीईओ केशव नेपालले बताए ।

उनले पुर्जालाई नियुक्त गर्न पाएकामा खुशी लागेको पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ