arrow

वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
world-link-innovation-award-province2.jpg

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ ।

प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । 

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । त्यस क्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूकोसमेत उपस्थिति रहेको थियो ।

यस कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निर्माण गरी नेपालका ७५ जिल्लाहरुमा अन्तर्राष्ट्रिउ स्तरको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेकोछ । 

कम्पनीले भनेको छ, ‘वर्तमान समयमा ६,४५,००० भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९,००० भन्दा बढी संघ सस्था, बैंक एवं वित्तीय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३ हजार भन्दा बढी स्थानहरूमा फ्री वार्इफाई सेवा उपलब्ध गराइरहेको छ।’

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष मार्फतको परियोजना अन्तर्गत यसले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापूर्वक नेटवर्क विस्तार गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ