arrow

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
surya-jyoti-life-Insurance-chairperson.jpg

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको नेतृत्व केशवप्रसाद भट्टराईले सम्हालेका छन्। गत पुस ७ गते बसेको ३३३ औं बैठकबाट साबिक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भएको थियो। सोही दिन उनले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

तत्पश्चात् सोही दिन अपराह्न बसेको सञ्चालक समितिको ३३४ औँ बैठकमा अध्यक्ष भट्टराईले सञ्चालकहरू नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्तकुमार अग्रवाल र प्रिया तायललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन्।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा दुवै कम्पनीबिच गत कार्तिक ४ गते अन्तिम सम्झौता भई दुवै कम्पनीको कार्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भए पश्चात् नेपाल बिमा प्राधिकरण, नेपाल धितो पत्र बोर्डलगायत कम्पनी रजिस्ट्रारको कार्यालयबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति प्राप्त भए बमोजिम सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा मङ्सिर २७ गते कम्पनी दर्ता प्रमाण पत्र तथा नेपाल बिमा प्राधिकरणबाट एकीकृत कारोबार गर्ने स्वीकृति प्राप्त भए पश्चात् पुस ७ गतेदेखि सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ