arrow

मिडियामा आएका नकारात्मक समाचारप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्सको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
surya-jyoti-logo-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीलाई हानि पुर्याउने गरी केही मिडियामा आएका समाचारप्रति आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दैै कम्पनीले ‘आफूखुशी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका यस्ता समाचारहरू प्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’, भनेको छ । 

कम्पनीले ‘सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आफ्ना सम्पूर्ण कार्यसम्पादन गर्दै आएको साथै नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधि भित्र रही सो निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको व्यहोरा जानकारी गराउँदछौँ’ भनेको छ । 

इन्स्योरेन्स कम्पनीले ‘गलत आरोप लगाएर लाखौँ बिमित, लाखौँ शेयरधनी र हजारौँ अभिकर्ताहरूको विश्वास जित्न सफल सूर्यज्योति लाइफ प्रति आम जनतामा नै भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेको र यस्ता आधारहिन समाचारको पछि नलागी पूर्ण रूपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिनुहुन सबैलाई हार्दिक आग्रह गर्दछौं । कम्पनीसँग सम्बन्धित यहाँहरूको कुनै सुझाव वा गुनासो भएमा नजिकको शाखा कार्यालय वा कम्पनीको ईमेलमार्फत उपलब्ध गराइदिनुहुन समेत अनुरोध गर्दछौँ’, भनेको छ  ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ