arrow

‘सूर्यज्योति सही प्लान’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
suryajyoti-life-insurance.jpeg

काठमाडौँ ।सूर्यज्योति लाइफले ‘सूर्यज्योति सही प्लान’को विधिवत् उद्घाटन गरेको छ । लाजिम्पाटस्थित होटेल डुशिट प्रिन्सेसमा आयोजना गरिएको एक भब्य समारोहकाबीच प्रमुख अतिथिहरू बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रुपमा गरेका हुन् । 

उक्त कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेललगायत प्राधिकारणका उच्च पदस्थ  व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा  कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, निर्देशकहरू क्रमशः नन्द किशोर शर्मा, हेमन्त नहाटा, आकाश गोल्छा, चुडामणि देवकोटा र प्रिया तयालको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा संचारकर्मी अन्य संघ संस्थाका विशिष्ट व्यक्तित्वहरू तथा कम्पनीका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।  

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न विशेषतासहितको प्रोडक्ट ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यवाद दिनुका साथै गरिबले पनि बीमा गर्न सक्ने कम प्रिमियममा ठूलो बीमा गर्न मिल्ने योजना ल्याउन सफल भएकोमा आफू हर्षित भएको बताए । 

परम्परागत पोलिसी भन्दा सूर्यज्योतिले ल्याएको यस भिन्न पोलिसीबाट आम जनता लाभान्वित हुनेमा आफूले विश्वास लिएको बताए ।

यो योजना तयार गर्दादेखि अन्तिम स्वीकृति लिई नेपाली बीमा बजारमा ल्याउँदासम्म मार्गनिर्देश गर्ने बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरण र स्वयं अध्यक्ष सिलवाललाई सूर्यज्योति कम्पनीका अध्यक्ष भट्टराईले धन्यवाद व्यक्त गर्नुका साथै नेपाली आम जनताले पनि लिन सक्ने यो योजना पस्कन पाउँदा खुशी ब्यक्त गरे । 

नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरूको आवश्यकता र परिस्थितिलाई मध्यनजर गर्दै हालसम्मकै योजना भन्दा भिन्न  आकर्षक र उत्कृष्ट सुविधाहरू भएको ’सही प्लान’ पहिलो पटक सूर्यज्योतिले  पस्केको हो । 

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकअनुसार प्रायः नेपालीहरूले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको बीमा खरिद गर्ने  बुझिएको छ । केही विपत्ति आइलागेपछि उक्त सानो रकमले आर्थिक भार बेहोर्न पर्याप्त नहुने र परिवारनै आर्थिक संकटको चपेटामा पर्ने सम्भावना रहन्छ ।  

यही कमीलाई नै पूरा गर्ने अठोटका साथ सूर्यज्योतिले ‘सही प्लान’ नामक बीमा योजना ल्याएको हो । 

उक्त योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगे पश्चात  तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको ६ गुणासम्मको रकम फिर्ता हुने विशेषताहरूका साथै ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध रु ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।
  
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले आम जनजीवनमा आईपर्ने सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना एकदमै उत्तम हुनका साथै  पहिलो र नवीनतम विशेषताहरूसहित आएको हुनाले पक्कै पनि हरेक नेपालीको  रोजाइको रुपमा यो सही प्लान हुनुमा आफू ढुक्क रहेको र ‘हरेक  घर, एक बीमा’ को रुपमा यो बीमा योजनालाई पुर्याउने लक्ष्य सूर्यज्योतिको रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रस्ट पारे । 

सही सोचौँ, सही रोजौँ भन्ने मूल नाराका साथ ल्याइएको यो सही प्लानमा ७० वर्षको उमेर पश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुँदा आफूलाई बुढेसकालको सहारा हुने, कम रकममा ठूलो बीमा गर्न मिल्ने र जोखिमको भार बहन पनि ठूलै हुने हुनाले आफ्नो परिवारमा आर्थिक समस्या आइपरे भविष्यमा आर्थिक भारको रक्षवारणमा सहज हुने हुनाले यदि पहिले बीमा लिइसकेको भए पनि यो सही प्लान दोश्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुने खत्रीले जानकारी गराए ।
 
सूर्यज्योति लाइपÞmले समय सापेक्ष आफ्ना ग्राहकहरूको  हित र सुबिधालाई ध्यानमा राखी नवीनतम र परिस्कृत सेवा पस्किदै आइरहेको जनाएको छ । कम्पनीले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरू हासिल गरिसकेको छ । कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र कम्पनी बन्दै पहिलो आईएसओ ९००१ –२०१५ द्वारा बिभूषित  एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ । 

हाल कम्पनीको चालु पूँजी रु ४५४ करोड, लगानी रु ३४०० करोड ,जीवन बीमा कोष रु २९५० करोड, नेटवर्थ ६२२ करोड   र जारी बीमालेख संख्या २२ लाख साथै  देशैभरि फैलिएका १७६ शाखा संजाल र कम्पनीमा सक्रिय रुपमा आबद्ध करिव ९४ हजार अभिकर्तामार्फत कम्पनीले सेवा प्रवाह गर्दै आइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ