arrow

जीवन बीमा कम्पनीबीच पहिलो पटक मर्जर गरेको सूर्यज्योतिले मनायो वार्षिकोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
surya-jyoti-insurance-81-01.jpg

काठमाडौँ । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरी देशैभर रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औँ वार्षिकोत्सव मनाएको छ । 

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीको रूपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७९ पुस ७ गते आफ्नो संयुक्त कारोबार शुरू गरेको थियो ।  

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्ने आदरणीय  ग्राहकवर्ग, अविरल साथ दिने अभिकर्ताहरू, अहोरात्र खट्नु हुने कर्मचारीहरू, हौसला प्रदान गर्ने शेयरधनी, सदैव सत्मार्ग देखाउने संचालक समिति, मार्गनिर्देश गर्ने आदरणीय नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरूलगायत सम्पूर्ण संचारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे । 

साथै यही अवसरमा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पूर्ण सरोकारवालाहरुलगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरूप्रति कृतज्ञता ज्ञापन गरे । 

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध रु ५० लाखसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ । 

नेपालको एकमात्र तथा पहिलो आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पूँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको जनाएको छ । 

हाल कम्पनीसँग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागिसमेत गरी २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ