arrow

सूर्यज्योति लाइफ बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
surya-jyoti-life-insurance-iso-certificed.jpg

काठमाडौँ। यूनाइटेड रजिस्ट्रार अफ सिस्टम्सले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षण सम्पन्न गरी आईएसओ ९००१:२०१५ द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरी विभूषित गरेको छ।

उक्त मापन कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राही माझ पुर्‍याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको कम्पनीले जनाएको छ।

सूर्यज्योति लाइफले २०२३ जनवरी ४ मा आधिकारिक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको हो। यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात् आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतहरूलाई सेवा सुविधामा थप सबल र सहज पार्दे जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।

साथै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरूको आवश्यकता र चाहनालाई  मनन गर्दै समय सापेक्ष कम्पनीले आफ्ना सेवाहरूलाई अझ परिष्कृत गर्दै लैजाने कुरा पनि व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ