arrow

अनेरास्ववियुकी नेतृले बाढीपीडितको रकम घोटला गरेको ठहर

अध्यक्षलाई निष्कासन गरिएकोमा ध्यानाकर्षण

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७४ भदौ २५ आइतबार
rita_dhakal.png

स्याङ्जा । हाम्रा कुरा डटकम अनलाईनमा अनेरास्ववियुकी केन्द्रीय सदस्य रिता ढकालले बाढीपीडितको रकम घोटाला गरेको समाचार प्रकाशित भएपछि यस विषयमा छानविन भएको छ। अनेरास्ववियु स्याङ्जाको जिल्ला कार्य समितिले ढकालले जिल्ला कमिटीसँग कुनै समन्वय नगरी बाढीपीडितको नाममा संकलन गरेको रकम घोटला भएको निष्कर्ष निकालेको छ । 

१४ औं जिल्ला कमिटीको बैठकमा ढकालले बाढीपिडितलाई संकलन गरेको राहत रकमका बारेमा जिल्ला कमिटी अनविज्ञ रहेको र अनलाईनमा रकमको घोटला भएको समाचार बाहिर आएपछि स्पष्टीकरणका लागि जानकारी नगराउदा र स्पष्टीकरणमा भिन्नता आएकाले सोही आधारमा आर्थिक हिनामिना भएको निर्णय गरेको अनेरास्ववियुले जनाएको छ । यो निर्णयलाई केन्द्रीय समितिलाई समेत जानकारी गराएको बताइएको छ ।

समाचार बाहिर आएपछि हाम्रा कुरा डटकमको सम्पर्कमा आएकी ढकालले आफुले बाढीपीडितको रकममा कुनै घोटला नगरेको र समाचारमा सत्यता नभएको बताएकी थिइन् । उनले फेसबुक मार्फत १० हजार १ सय २ रकम केन्द्रीय समितिलाई बुझाएको र १५ हजार ७ सय ६३ रकम पछि बाढी पिडितलाई बुझाउने गरी राखिएको स्पष्ट खुलाएकी छन्। 

जिल्ला अध्यक्ष विश्वनाथ अर्याल, सहसचिव माधव अर्याल र सहसचिव सगुन रानाले हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत देशका ७५ जिल्लाहरु मध्ये अत्यन्तै संगठनलाई मजवुद र राम्रो काम गरेको कहिलिएको जिल्ला कमिटी स्याङ्जाका अध्यक्षलाई कुनै कुरा नसोधी केन्द्रीय समितिले अनलाईन न्युज मार्फत निष्काशन गरेको बारेमा ध्यानाकर्षण गरेको छ ।  हजारौ विद्यार्थीहरुको नानीको रुपमा संगठनलाई परिचित नगराउन सफल जिल्ला अध्यक्ष अर्याललाई निलम्वन गर्नुको कारण विषय केही नखुल्नु, संगठनलाई मनोमानी ढंगले आफु खुशी चलाउने प्रबृद्धिले व्याक्ति भन्दा पनि संगठन कमजोर हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ अनलाईन न्युजमा आएको समाचार तत्काल सच्चाउन माग गर्दै यो भुललाई सामान्य मानिएमा आउँदै गरेको संघ र प्रदेशको निर्वाचनमा समेत धक्का पुग्ने चेतावनी सहितको उल्लेख गरिएको छ । जिल्ला अध्यक्ष अर्याललाई निलम्वन गरिएको भुललाई अविलम्व फिर्ता लिन विज्ञप्ती मार्फत जोडदार माग गर्दछ हरुताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ। 

चरित्र हत्या गरेको भन्दै जिल्ला अध्यक्ष अर्याललाई केन्द्रीय समितिको चितवन बसेको बैठकले निलम्वन गरेको खवर बाहिर आएको थियो । खबरमा अध्यक्ष अर्यालले के विषयमा कसको चरित्र हत्या गरेका हुन् वा संगठनको मान मर्दन गरेका हुन् भन्ने विषय भने खुलेको थिएन । केन्द्रीय समिति र जिल्ला समितिका विचमा यतीबेला अनेरास्ववियु विचमा दुरी बढ्न थालेको देखिन्छ ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ