- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने विषयमा छलफल गर्न भन्दै संसदीय दलको बैठक बोलाएको हो ।
बैठक शनिवार दिउँसो २ बजेका लागि सङ्घीय संसद् भवन बानेश्वरमा बस्ने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको बैठक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले बुधवार कांग्रेस नेताहरूलाई भेटेर विश्वासको माग मागेका थिए । तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिइसकेको छ । यस्तै कांग्रेसले विपक्षी दलहरूलाई समेत मत नदिन आग्रह गर्ने निर्णय गरिसकेको छ ।