arrow
ADVERTISEMENT

काँग्रेस अब के गर्छ ? जसपाबाट ‘क्ल्यिर’, माधव नेपाल समूहको ‘स्टेप’ कुर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
nepali-congress-flag-tree.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा लगभग सफल हुने देखिएको छ। तर आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने विषयमा भने काँग्रेस अझै सफल होला कि नहोला भन्ने अन्योलमै छ। काँग्रेसले यो प्रयास झनै तीव्र बनाएको छ। 

जसपा भित्रको बलियो खेमा उपेन्द्र यादव र बाबुराम भट्टराईले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय लिएपछि काँग्रेसका लागि त्यो सम्भावनाको ढोकासमेत खुलेको छ।

तर, काँग्रेसले अझै एमाले भित्रको असन्तुष्ट माधव नेपाल समूहले चाल्ने स्टेप कुर्दै बसेको छ। एमालेमा सो समूहले लिने नीति अब काँग्रेसको वैकल्पिक सरकार बन्ने बलियो आधार बन्ने छ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अब प्रधानमन्त्री ओलीले विश्वासको पक्षमा मत पुर्‍याउने सम्भावना नरहेको बताए। ‘अब ओलीले विश्वासको मत पाउने सम्भावना छैन, माधव नेपालहरूले के गर्छन् हेरौँ,’ काँग्रेस वरिष्ठ नेता पौडेलले हाम्रा कुरासँग भने।

काँग्रेसको संसदीय दलको शनिवार बसेको बैठकले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव आफैँ नल्याउने, प्रतिनिधि सभामा विश्वासको मत पनि नदिने र उनलाई फेल गराएर आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने रणनीति बनाएको थियो। त्यसपछि आफ्नै नेतृत्वमा नै देशलाई चुनावमा लैजाने काँग्रेसको योजना छ।

संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले संविधानले परिकल्पना गरेको सबै कोर्स पुरा नभई प्रधानमन्त्री ओलीले निर्वाचन गर्न नसक्ने भन्दै देउवाले सबै कोर्स पुरा गर्दा काँग्रेसले सरकारमाथि दाबा गर्ने बताएका थिए।

काँग्रेसले दलको बैठकमार्फत समेत अन्य विपक्षी दलहरूलाई प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन आग्रह गर्ने नीति लिएको थियो।

काँग्रेस पछिको अर्को विपक्षी दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। उसले काँग्रेसको नेतृत्वमा सरकार बनाउन सघाउने बताउँदै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ