arrow

खनाल–नेपालको बैठकमा २१ सांसद उपस्थित, राजीनामा दिने विषयमा सघन छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
nepal-khanal-cpn.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहका २१ जना सांसदहरु अहिले गम्भीर मुद्रामा छलफलमा रहेका छन् । सिंहदरबारमा बसिरहेको छलफलमा प्रत्यक्षतर्फका २१ जना सांसदहरु रहेका छन् । 

छलफलमा राजीनामा दिने विषयमा गम्भीर छलफल भइरहेको छ । केहीले भने राजीनामा दिन नहुने बताइरहेका छन् । तर स्रोत भने संसद बैठकअघि नै राजीनामा आउने दाबी गर्छ । 

खनाल नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका लागि एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा लगेर नवौं महाधिवेशनका निर्णय मान्नका लागि भन्दै ६ बुँदे प्रस्ताव पठाएको थियो । 

सोमबार बिहान ९ बजेसम्मको समय दिएर सहमतिका बुँदा पठाए पनि कुनै जवाफ नआएपछि खनाल–नेपाल समूह निर्णायक छलफलमा बसेको हो । 

ओलीले अर्को पार्टी खोल्न थालेकाहरुलाई आफूले काँध नथाप्ने तीतो वचनयुक्त वाणी सम्प्रेषण गरेपछि खनाल–नेपाल पक्ष निर्णायक मोडमा पुगेर राजीनामा दिने स्थितिमा पुगेको हो । 

दिउँसो १ बजे संसदमा ओलीले विश्वासको मत लिनुअघि नै राजीनामा दिने मनस्थितिमा सांसदहरु पुगेको बताइन्छ । खनाल–नेपाल समूहका २१ सांसद प्रत्यक्षतर्फ र १३ सांसद समानुपातिकमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ