arrow

ओलीको ह्वीप नमान्ने खनाल–नेपाल समूहको निर्णय, राजीनामा नदिने, संसदमा नजाने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
nepal-khanal-cpn.jpg

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन् । उनीहरुको सोमबार बिहान सिंहदरबारमा बसेको बैठकले सांसदबाट तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।

तर उक्त समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा लिन लागेको विश्वासको मतको समयमा भने संसदमा उपस्थित नहुने निर्णय गरेका छन् । 

बैठकपछि नेता डा. भीम रावलले प्रधानमन्त्री ओलीको ह्वीप पनि नमान्ने र संसदमा विश्वासको मत दिन पनि नजाने निर्णय भएको बताए । उनले आफूहरुले तत्काल राजीनामा पनि नदिने निर्णय भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ