arrow

योगेश, घनश्याम, गोकर्णसहितका नेताहरु अलग्गै बैठकमा, ओलीलाई मत दिने संकेत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
uml-sun-election-logo.jpg

काठमाडौं । नेकपा एमालेको आन्तरिक किचलोले नयाँ नयाँ मोड लिइरहँदा खनाल–नेपाल समूहका नेताहरु पनि टुक्रिने सम्भावना बढेको छ । 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिउँसो १ बजे विश्वासको मत लिँदै गर्दा खनाल–नेपाल समूहले पार्टीको ह्वीप पनि नमान्ने, संसदमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेको थियो । 

२१ जना प्रत्यक्षतर्फका सांसदहरुले सिंहदरबारस्थित एमालेको संसदीय दलको बैठकमा निर्णय भए पनि त्यस लगत्तै पाँच जना सांसदहरुले भने ओलीलाई मत हाल्ने योजनाका साथ छुट्टै छलफलमा जुटेका छन् । 

योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र गणेश पहाडीहरु छुट्टै छलफलमा जुटेर ओलीलाई भोट हाल्ने संकेत दिएका हुन् । उनीहरुको छलफल जारी छ । 

उनीहरुले ‘हामीले त पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने भनेका हौं ह्वीप नमान्ने कुरा नगरौ’ भनेर सम्झाएका थिए । तर बहुमत सदस्यहरुले ह्वीप नमान्ने निर्णय गरी बाहिरिएपछि पाँच जना बैठकमा बसिरहेका छन् । 

यदि ती पाँच जना विश्वासको मत दिन गए भने अरु पनि थपिने बताइन्छ । यदि त्यसो भयो भने खनाल–नेपाल समूहका सांसद कम हुने आँकलन गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ