- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् ।
प्रतिनिधि सभाको विशेष अधिवेशनमा आफ्नो धारणा राख्दै देउवाले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका हुन् ।
प्रधानमन्त्रीलाई संविधानले कार्यकारी प्रमुखका रुपमा सम्पूर्ण अधिकार दिएको छ, अरुमाथि दोष थोपरेर प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिन पाउनु हुन्छ ?, प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्ण असफल भएको छ,’ सम्बोधनका क्रममा देउवाले भने ।
उनले प्रतिपक्षीको रुपमा कांग्रेसले सहयोगी भूमिका निर्वाह गरेको र सोही कारण आलोचितसमेत भएको भन्दै अरुमाथि दोष थोपरेर प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिन नपाउने बताए ।
‘प्रतिपक्षीको रुपमा कांग्रेसले सहयोगी भूमिका निर्वाह गरेकै हो, सोही कारण आलोचितसमेत हुनु परेको छ, अरुमाथि दोष थोपरेर प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिन पाउनु हुन्छ ?’ देउवाले भने । उनले प्रधानमन्त्री ओलीलाई एक पटक छातीमा हात राखेर सोच्न समेत आग्रह गरे ।
‘छातिमा हात राखेर सोच्नुस्, यो अवस्था थपाइले सृजना गर्नु भएको होइन ?’ देउवाले कारोना महामारीको यो समयमा पनि घरमा, बाटोमा एम्बुलेन्समा विरामी छट्पटिरहेको, भेन्टिलेटर नपाएर छट्पटाइरहेको अवस्था प्रधानमन्त्री हेरेर बसेको बताए ।
सरकारलाई महामारीमा सहयोग गर्ने प्रतिबद्धता पटक पटक जनाउँदा र सुझाव दिंदा पनि सरकारले नसुनेको देउवाले सम्बोधनका क्रममा भनेका छन् ।
कमिशनका कारण खोप आउन नसकेको प्रष्ट भइसकेको भन्दै देउवाले जनताको स्वास्थ्य माथिसमेत भएको खेलवाड र भ्रष्टाचारका घटनाले सरकारको नैतिक चरित्र उदांगो भइसकेको बताए ।
देउवाले ‘व्यापारीक घरानालाई पोस्न जनताको स्वास्थ्य दाउमा राख्नु भएको के इतिहासले बिर्सिन्छ ?’ भन्दै प्रधानमन्त्रीको भ्रष्टाचार नियन्त्रण तर्फ कुनै चासो नदेखाएको र अनियमिततामा संलग्नको बचाउ मात्र गरेको देखिएको बताए ।