arrow

संक्रमण भएर अस्पताल भर्ना भएका कांग्रेस नेता भण्डारी फर्किए घर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
shankar-bhandari1.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना भएका नेता भण्डारी आइतबार राती डिस्चार्ज भएका हुन् । 

गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किका भण्डारीको यही वैशाख १८ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । 

कोरोना संक्रमणसँगै होम आइसोलेसनमा रहेका नेता भण्डारीलाई वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । नेता भण्डारीसहित उनका श्रीमती र छोरालाई समेत कोरोना संक्रमण देखिएको थियो । 

नेता भण्डारीले डिस्चार्ज भएसँगै सोमवार एक वक्तव्य जारी गरी आफुलाई कोरोना संक्रणबाट मुक्त गराउन अनवरत खटिएका चिकित्सक, नर्स, अस्पताल प्रशासनलाई धन्यवाद दिएका छन् ।

उनले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने परिवारजन, इष्टमित्र, पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पार्टी तथा भ्रातृ संस्थाका नेता कार्यकर्ता र अन्य पार्टीका नेता र जनप्रतिनिधीलाई धन्यवाद ज्ञापन गरेका छन् ।



नयाँ