arrow

कोरोनाबाट होम आइसोलेसनमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
dead2.jpg

काभ्रेपलाञ्चोक । कोरोना संक्रमणबाट यहाँ सोमवार मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । 

अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । 

केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् । 

शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ