arrow

नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी, जसपा र खनाल–नेपाल समूह छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
deuba-prachanda-yadhav.jpg

काठमाडौं । नयाँ सरकार गठनका लागि अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफल हुँदैछ । उक्त सामूहिक छलफलमा कांग्रेस, माओवादी केन्द्रका नेताहरु सहभागी हुँदैछन् । 

त्यसैगरी नेकपा एमालेको खनाल–नेपाल समूह पनि बैठकमा सहभागी हुँदैछ । खनाल–नेपाल समूहले सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत दिएन ।

पार्टीको विधान मिचेर आफूहरुलाई कारबाही गरिएको भन्दै उक्त समूह ओलीसँग रुष्ट छ । 

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–डा. भट्टराई समूह पनि बैठकमा सहभागी हुँदैछ ।

तीन दलले सोमबारै राष्ट्रपतिलाई संयुक्त सरकारका लागि अपिलसमेत गरिसकेका छन् । 

तर जसपाको महन्थ ठाकुर पक्षले भने नयाँ सरकारमा संलग्न नहुने भन्दै प्रेस विज्ञप्ति जारी गरिसकेको छ । 

यसैबीच, नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कांग्रेसको पदाधिकारी बैठक दिउँसो ३ बजे बस्ने बताएका छन् । 

कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनको कसरत भइरहँदा थप योजना बनाउनका लागि उक्त बैठक बस्न लागेको हो । 

बैठकमा पूर्व पदाधिकारीहरुसँगै वर्तमान पदाधिकारीहरु पनि सहभागी हुँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ