arrow

संक्रमण दिनानुदिन बढ्न थालेपछि रसुवामा पनि निषेधाज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
rasuwagadinaka.jpeg

रसुवा । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी  गर्दै  गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले  कोरोना संक्रमण नियन्त्रणमासबैक्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको बताए । पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको छ । औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ ।

यही वैशाख ५ गतेदेखि तीन जनामा पुष्टि भएको कोरोना हाल रसुवाका पाँचवटै क्षेत्रमा फैलिएका कारण संङ्क्रमितको सङ्ख्या १७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना रोग संक्रमण रोकथामका लागि रसुवाका पाँचवटै स्थानीय तहहरूले जनजागरण कार्यलाई तीव्रता दिइरहेको र स्वास्थ्यकर्मी, सुरक्षा अङ्ग समेतका निकायसमेत परिचालन भइरहेकाले कुनै गाउँमा केही समस्या आएमा स्थानीय प्रहरी प्रशासन स्वास्थ्यकर्मीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ