arrow

सांसद चौलागाईको कोरोनाबाट निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
pashupati chaulagain-uml1623317055.jpg

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधन भएको छ । कोरोना संक्रमित उनको मंगलबार साँझ निधन भएको हो । संक्रमण भएपछि मनमोहन अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । 

२०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका चौलागाई दोलखाबाट दुई पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । युवा संघका अध्यक्षसमेत भएका चौलागाई एमालेका पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलका इन्चार्जसमेत थिए । 

सञ्चारमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि
चौलागाईको पार्थिव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।

मन्त्री गुरुङले बुधबार बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । 

त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

उनको पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि हुँदैछ । 

उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ